मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार १४:०३

मकवानपुर । मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ ।

ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*