२० असारअघि नै सबै योजनाको भुक्तानी लिन राइनास नगरपालिकाको आग्रह

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार १५:३६

लमजुङ । राइनास नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ मा नगरभित्र सञ्चालित सबै योजनाहरुको भुक्तानी २० असार अगाबै लिन आग्रह गरेको छ ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि नगरभित्र सञ्चालित विभिन्न आयोजनाहरू अधिक संख्यामा फरफारक भइनसकेको भन्दै तत्काल कार्यसम्पन्न गरी भुक्तानी लिन नगरपालिकाले आग्रह गरेको हो ।

नगरकार्यपालिकाकाले सार्वजनिक सूचनामार्फत् चालु आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत समानिकरण विशेष समपूरक अनुदान आन्तरिक लगायतका स्रोतबाट नगरभित्र संचालित योजनाको भुक्तानी लिइ विल फरफारक गर्न उपभोक्ता समिति तथा सरोकारवला निकायलाई अनुरोध गरेको छ ।

विषयगत शाखाहरूलाई र सबै वडा कार्यालयमार्फत आफ्नो वडामा फरफारक हुन बाँकी रहेका उपभोक्ता समितिलाई छिटो कार्य सम्पन्न गरी प्राविधिक कर्मचारीबाट मूल्यांकन गराइ २० असारभित्रमा भुक्तानी लिन तथा योजनाको फरफारक गर्न सम्बन्धित सबैलाई सूचित गराएको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सम्पूर्ण योजनको भूक्तानी गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले समयमै योजनाको फरफारक गर्न उपभोक्ता समिति तथा सम्बन्धित सारोकारवालाहरूलाई अनुरोध गरिएको हो ।

तोकिएको समयावधिभित्र भुक्तानी निवेदन पेश नभएको खण्डमा कुनै पनि भुक्तानी दिन कार्यालय बाध्य नहुने समेत नगरपालिकाले जनाएको छ । राइनास नगरपालिकामा चालु आर्थिक वर्षका योजना मध्ये करिब ८० प्रतिशत योजना सम्पन्न भए पनि अधिक योजनाको भुक्तानी बाँकी रहेको योजना शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*