नमस्ते एकेडेमीमा प्लस टु भवन उदघाटन
बुटवल । नमस्ते एकेडेमीले प्लस टु भवन उद्घाटन गरेको छ । विद्यालयका निर्देशक विष्णु प्रसाद भुसाल र डिल्ली नारायण पाण्डेयले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
शैक्षिक शत्र २०७८ बाट विज्ञान तथा व्यवस्थापन शंकायमा कक्षा ११ संचालन गरेको छ । यसका लागि छुट्टै भवनमा पठन पाठन हुनेछ ।
पाँच वर्षको छोटो अबधिमा विद्यालय नै विद्यार्थीको पहिलो घर ’ भन्ने अवधारणलाई आत्मसात गरी अभिभावकको मन जित्न सफल ‘ सफल देखिएको छ ।
यस शैक्षिक शत्रबाट द ब्र्रिटिस एजुकेशन ग्रुप अन्तरर्गत पूर्ण रुपमा द ब्र्रिटिस कलेज काठमाडौँ र बेलायतको प्रत्यक्ष शैक्षिक निर्देशनमा सञ्चालन गरी अध्ययनरत विद्यार्थीलाई अन्तराष्ट्रिय मापदण्ड सरह शिक्षा प्रदान गरेको जनाएको छ ।
सो कार्यक्रममा बोल्दै ब्रिटिस ग्रुपका स्कुल हेड अरुण कुमार कँडेलले नमस्ते एकेडेमी वेलायतमा अभ्यास गरिने शिक्षण सम्बन्धी उच्चस्तरीय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरिने बताउनुभयो ।
उहांले नियमित कक्षा सन्चालनका अलावा मातृभाषी विदेशी अंग्रेजी शिक्षकहरुबाट क्याम्ब्रिज युनिभरसिटीको पठन पाठन गराइने बताउनुभयो ।
ग्लोलव टु लोकल अवधारणा अनुरुप विद्यार्थीहरुको चौतर्फी विकासको निम्ति क्रियाशील एवम् कटिवद्ध रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताउनुभयो ।
कक्षा ११ र १२ ले समग्रमा स्नातक तह अध्ययन गर्ने उर्बर आधारशीला तयार पार्ने हुँदा योग्य र दक्ष प्राध्यापकहरुको समूहले एउटा कक्षामा २५ जना मात्र विद्यार्थी राखी सन्चालित हुने शैक्षिक कार्यक्रमले सम्पूर्ण विद्यार्थीको समुन्नत शैक्षिक विकासको विश्वासनीय सुनिश्चितताको विषयमा विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनु भयो ।
विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेयले प्लस टु तहको छुट्टै भवन भए पश्चात विद्यार्थीहरुलाइ थप सहज हुने बताउनु भयो ।
विद्यालयका निर्देशक विष्णु प्रसाद भुषालको अध्यक्षतामा सन्चालित समुदघाटन कार्यक्रमको सन्चालन विद्यालयका सह प्राचार्य लिलामणि पाण्डेले र स्वागत मन्तव्य विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले गर्नु भएको थियो ।
विज्ञान संकायमा बायोलोजी र कम्प्युटर साइन्सको छुट्टा छुट्टै पढाइ भइ राखेकोमा यस वर्षदेखि अभिभावकको अनुरोधलाई ध्यानमा राखी होटल म्यनेजमेन्ट विषय पनि थप गरी अध्ययन गराइदैछ ।
सुविधा सम्पन्न विज्ञान , कम्प्युटर , होटल म्यानेजमेन्ट ल्याव रहेको नमस्ते एकेडेमीमा यस वर्ष अत्यन्तै सीमित सिटमा विद्यार्थी भर्ना लिई संख्यात्मकतामा नभई गुणत्मकतामा विशेष जोड दिने नीति रहेको विद्यालयले जनाएको छ ।























