मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुने

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार २३:११

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ।

सोमबारको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*