मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार २३:५८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको थियो ।

आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडप समेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*