एन्फा निर्वाचन : उपाध्यक्षमा दावा, विराट, दीपक र दीर्घ निर्वाचित

खबरपथ संवाददाता
७ असार २०७९, मंगलवार ०८:३५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिमा पंकज विक्रम नेम्वाङ प्यानलका तीन र कर्माछिरिङ शेर्पा प्यानलका एक जना उम्मेदवार उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचनमा कर्मा प्यानलबाट चार र स्वतन्त्ररुपमा दुई जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न निर्वाचनबाट नेम्वाङ प्यालनका विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर (कुमार) केसी निर्वाचित भए ।

लामाले ४८, खतिवडा र शाहीले समान ४७–४७ र केसीले ४३ मत ल्याए ।

आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित भइसकेका छन् । यस्तै, नेम्वाङकै प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*