छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार १३:३१

काठमाडौं । पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना।४ ख ४८४२ नम्बरको ट्रकले ना।४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका–२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा बा।१ झ ८७८४ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।

झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी गाईना बस्तीमा प्र।१–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई प्र।१–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका–९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा सु।प।प्र ०१–०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुर्नवास नगरपालिका–१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम राना रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शचोकमा बा।८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा।४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जना छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*