राष्ट्रपति र प्रधानमन्त्रीबीच के भयो कुराकानी ?

खबरपथ संवाददाता
१५ असार २०७९, बुधबार ०७:१०

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*