एनआरटी र कारो एफसी भिड्दै

खबरपथ संवाददाता
१६ असार २०७९, बिहीबार १२:३०

काठमाडौं ।‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजे सुरु हुनेछ । एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन् ।

मलेसियामा जारी टीवईटी कप–२०२२ प्रतियोगितामा एनआरटीको पहिलो खेल हो । प्रतियोगितामा भने यो दोस्रो खेल हो ।

उद्घाटन खेलमा घरेलु टोली पेनाङ र कारो युनाइटेड एफसीले १–१ गोलको बराबरी खेलेका छन् । तीन टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगितामा सहभागी हुन मछिन्द्रको ५ विदेशी खेलाडीसहित ३० सदस्यीय टोली मलेसियामा रहेको छ । यसपछि टिमले थाइल्यान्ड भ्रमणमा रहनेछ । जहाँ टिमले दुई खेल खेल्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*