बट्लर इंग्ल्यान्डको नयाँ कप्तान

खबरपथ संवाददाता
१७ असार २०७९, शुक्रबार १३:२८

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले जस बट्लरलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर बट्लरलाई सो जिम्मेवारी दिइएको इसीबीले जनाएको छ ।

मोर्गानले लगातारको चोट र स्वभाविक लय खस्किएसँगै जिम्मेवारीबाट हटेका थिए । मोर्गान इंग्ल्यान्डको कप्तान रहँदा बट्लर सो टोलीको उपकप्तान थिए । बट्लरले मोर्गानको अनुपस्थितीमा यसअघि नै नौ एक दिवसीय र पाँच टी-२० खेलमा इंग्ल्यान्डको नेतृत्व गरिसकेका छन् ।

भारतविरुद्ध ७ जुलाईबाट सुरु हुने तीन टी-२० र तीन एक दिवसीय खेलको शृंखलासँगै बट्लरले जिम्मेवारी सम्हाल्नेछन् । इंग्ल्यान्डले शुक्रबार भारत भ्रमणका लागि टोली घोषणा गर्ने बताइएको छ ।

इंग्ल्यान्डले अक्टोबरमा अस्ट्रेलियामा टी-२० विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*