साउनको पहिलो साता चुनावको मिति घोषणा हुन्छ : गगन थापा

खबरपथ संवाददाता
२७ असार २०७९, सोमबार १२:०६

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ ।

साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने पनि महामन्त्री थापाले बताउनुभयो ।

‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ । मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले आज ललितपुरमा आयोजित कार्यक्रममा भन्नुभयो ।

थापाले मतदाता नामावलीमा नाम लेखाउन बाँकी रहेकाले अब एक साताभित्र नाम लेखाउनु पर्ने बताउनुभयो । थापाले नेता तथा कार्यकर्तालाई निर्वाचन आयो भन्ने हिसावले अब खट्न पनि आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*