उपसभामुखका लागि आज मनोनयन दर्ता

खबरपथ संवाददाता
३० असार २०७९, बिहीबार ११:३५

काठमाण्डौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान भोलि शुक्रबार हुनेछ।

यसैबीच सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

स्रोतका अनुसार कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ।

यस अघि कांग्रेस नेता मीन विश्वकर्माले गठबन्धनभित्र उपसभामुख कांग्रेसलाई दिने सहमति भएको जानकारी दिएका थिए। सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुनेछिन्।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उपसभामुखमा उम्मेदवारी दिनेरनदिने, दिने भए कसलाई उम्मेदवार बनाउने भन्नेबारे जानकारी दिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*