प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

खबरपथ संवाददाता
३१ असार २०७९, शुक्रबार १७:११

काठमाण्डौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनु भएको छ ।  सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मतप्राप्त गरी निर्वाचित हुनुभएको हो । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत प्राप्त गर्नुभएको थियो ।

शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक हुनुहुन्थ्यो ।

कांग्रेसले यसअघि २०७४ सालमा पनि भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । तर भुसाल नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो ।

२०७४ मा उपसभामुख बन्नु भएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिए पश्चात उपसभामुख पद रिक्त रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*