लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

खबरपथ संवाददाता
७ श्रावण २०७९, शनिबार १४:०१

बुटवल । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गर्नु भएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नु भएको हो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*