रोष्ट्रयाक्ट बुटवल डाउनटाउनको पदस्थापन : अध्यक्षमा भुसाल

खबरपथ संवाददाता
७ श्रावण २०७९, शनिबार २१:५८

बुटवल । रोष्ट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबले एक समारोहका विच आफ्नो २० औ पदस्थापन कार्यक्रम सप्पन्न गरेको हो पदस्थापनमा कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष राम प्रसाद बेल्वासेले बर्ष २०२२/२३ का अध्यक्ष सौरभ भुसाललाई पद हस्तान्तरण गरेका हुन । सो अबसरमा बेल्बासेले आफ्नो बर्ष भरिका गतिविधिमा विभिन्न माध्यमबाट सहयोग गर्ने  रोट्रयाक्ट बोर्ड सदस्य , सदस्य, रोटरि क्लबका पुर्ब अध्यक्ष , रोट्रयाक्टका पुर्ब अध्यक्ष , छिमेकी क्लबका प्रतिनिधि तथा विभिन्न ब्यक्तिहरुलाइ मायाको चिनो बाट सम्मान गरेका थियो भने उत्कृष्ट   रोट्रयाक्टरको उपाधी रमेश पन्थीलाई प्रदान गरेका थिए । नव निर्वाचित अध्यक्षलाई डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डि.आर.आर) लक्ष्मण खरेलले पद तथा गोपनियताको सपत  गराएका थिए ।

नव निर्वाचित अध्यक्ष  भुसाल बुटवलमा स्थापित युवा व्यवसायी हुन । विगत १ दशक देखि बुटवलमा रहेर व्यापार व्यवसाय गरेका छन् । भुसाल बुटवलमा रहेको अन्सु लिडका सञ्चालक समेत हुन । भुसाल विभिन्न सामाजीक संघ सस्थामा समेत आवद्ध रहेका छन् ।

भुसालले आफ्नो कार्यकालको वर्ष भरीका कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए । र क्लबलाई अझ शसक्त तरीकाले स्वार्थ भन्दा माथी सेवा भावनालाई आत्मसाथ गरी समाज रुपान्तरणका लागि आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्लबले यस वर्ष इन्सपायर,इङ्गेज इलिभेट मन्त्रलाई अङ्गाली यस वर्षका हरेक कार्यक्रमहरु अगाडि बढाउने समेत बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि  रोटरी डिष्ट्रिकका ए.जी सिए  प्रेम भुर्तेल,  रोट्रयाक्ट डि.आर।आर लक्ष्मण खरेल रोटरी डाउनटाउनका अध्यक्ष भरत राना  ,रोट्रयाक्ट बुटवल  डाउनटाउन प्रेसिडेन्ट काउन्सिल अध्यक्ष  बालकृष्ण  पान्डे ,  रोटरी पुर्व अध्यक्ष , रोट्रयाक्ट पुर्व अध्यक्ष लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*