राष्ट्रपतिद्धारा विभिन्न देशमा राजदूत नियुक्त
खबरपथ संवाददाता
१० श्रावण २०७९, मंगलवार १३:३२
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गर्नु भएको छ।
स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त हुनुभएको हो ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उहाँहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त हुनुभएको छ।





















