निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्छौं : नेम्वाङ

खबरपथ संवाददाता
१९ श्रावण २०७९, बिहीबार २१:५९

बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्ने सरकारको निर्णयलाई एमालेलाई स्वागत गरेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले सरकारले चुनाव घोषणा गरेकोमा नेकपा एमाले खुसी भए पनि आफुहरुसँग सल्लाह नगरि घोषणा गरेकोमा भने दुखि रहेको बताउनुभयो ।

एमालेको माग र जनदबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले अब एमाले चुनावमा होमिने बताउनुभयो । ‘चुनावको मिति घोषणा भएको छ, यसले हामी खुसी छौं ।’ उहाँले भन्नुभयो – प्रमुख प्रतिपक्ष दल एमाले संसदको सबै भन्दा ठूलो पार्टी हो, हामीसंग सल्लाह गर्नुपर्थ्यो, त्यो भएन ।’ प्रतिपक्षलाई एक्ल्याएर घेराबन्दी गर्ने काम भएको बताउदै उहाले चुनाव एमालेले मागिरहेको र चुनावमा उत्साहपूर्वक सहभागी हुने पनि बताउनु भयो ।

पूर्वसभामुख समेत रहनु भएका नेम्वाङले आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने उदेश्यले गरिएको गठवन्धनको मनसाय नै दुषित रहेको भन्दै उहाँले गठवन्धन लोकतन्त्र र संसदीय मुल्यमान्यता बिपरित रहेको टिप्पणी समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*