प्रचण्ड जापानमा

खबरपथ संवाददाता
२१ श्रावण २०७९, शनिबार ०७:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नु भएको छ । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान पुग्नु भएको हो ।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले स्वागत गर्नु भएको छ ।

पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गर्नुभएको थियो ।

सचिवालयका अनुसार आइतबार प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रचण्ड साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*