प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

खबरपथ संवाददाता
२२ श्रावण २०७९, आईतवार १२:५९

काठमाण्डौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु भएको छ ।

साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिइएको आयोगले जनाएको छ । साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्न निवेदन दिन सक्नेछन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली, घोषणा पत्र लगायत कागजात संलग्न हुनुपर्दछ ।

निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भाग लिनका लागि दल दर्ता गर्नुपर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*