गठबन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्दै

खबरपथ संवाददाता
२३ श्रावण २०७९, सोमबार ०८:२७

काठमाण्डौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ ।

चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको हो । साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन्। यस अघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*