चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

खबरपथ संवाददाता
२५ श्रावण २०७९, बुधबार ०८:०१

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताउनु भएको छ ।
जापानमा रहनु भएका प्रचण्डले पत्रकारहरुसंग कुरा गर्दे आफू बताउनु भएको हो। पत्रकारहरु संग उहाँले भन्नुभयो ‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु,’ ‘चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला।’

उहाँले आफूले चार/पाँच महिना अघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइरहेको उल्लेख गर्नुभयो। उहाँले जापानमा रहेका नेपालीलाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ।

‘देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु,’ उहाँले भन्नुभयो , ‘म अपिल गर्छु, जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’

आफूलाई चुनाव लड्न आइदिन कालिकोट, रूकुम, गोरखा, धनुषा, सिराहाका नेतारकार्यकर्ताले आग्रह गरिरहेको पनि प्रचण्डले बताउनुभयो ।

‘साथीहरूलाई के परेको छ भने प्रचण्ड आए विकास तीव्र रूपमा हुन्थ्यो भन्ने छ। मैले साथीहरूलाई धन्यबाद भन्दै यसपटक चितवनबाटै लड्छु भनेको छु,’ प्रचण्डले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*