प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
खबरपथ संवाददाता
२५ श्रावण २०७९, बुधबार ०८:१०
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफलपछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।






















