प्रतिनिधिसभामा दुई विधेयक बहुमतले पारित

खबरपथ संवाददाता
२५ श्रावण २०७९, बुधबार २१:१५

काठमाण्डौं । आज बसेको प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*