लुम्बिनीमा चुनावी तालमेलका लागि गठबन्धनको बैठक

खबरपथ संवाददाता
२७ श्रावण २०७९, शुक्रबार २१:२८

बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।

शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने निर्णय गरेको हो।
कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।

बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरूङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलम सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*