कांग्रेसमा उमेद्धवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

खबरपथ संवाददाता
२८ श्रावण २०७९, शनिबार २१:३२

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।

बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ ।

निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*