विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा चयन
खबरपथ संवाददाता
२९ श्रावण २०७९, आईतवार २०:२५
काठमाण्डौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनु भएको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो । यस्तै पार्टीले सञ्जिव वल्लभ भट्टराईलाई संयोजक चयन गरेको हो।
बैठकले पूर्व-अध्यक्ष रविन्द्र मिश्रको राजीनामा स्वीकृत गरेसँगै पार्टीको नयाँ नेतृत्व चयन गरेको हो ।
पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई केन्द्रीत गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि गरेको छ ।





















