शान्तिमा व्यवसायिक वेल्डर तालिम शुरु, कम्प्यूटर ल्याव सञ्चालन

खबरपथ संवाददाता
२ भाद्र २०७९, बिहीबार ०७:२३

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा १० महिने व्यवसायिक वेल्डर तालिम शुरु भएको छ । तिलोत्तमा नगरपालिका र इन्स्योर परियोजनाको सहकार्यमा सञ्चालित तालिमको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले बुधबार उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले हातमा सिप हुनेले स्वावलम्वी भएर बाँच्न सक्ने अवस्था भएकोले तालिमले स्वरोजगारको बाटो खुल्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, इन्स्योर परियोजनाका अनुगमन अधिकृत ज्ञानु चौधरी, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो ।
तालिममा २० जना युवाहरुको सहभागिता रहेको तालिम संयोजक भीम पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच, शान्ति नमुनाको सेक्टर–२ मा स्थापित कम्प्यूटर ल्यावको उद्घाटन गरिएको छ । ल्यावको उद्घाटनपछि आयोजित कार्यक्रममा नगर प्रमुख खाडले शिक्षालाई प्रविधिसँग जोडेर अगाडी बढ्न सकेमा मात्र अहिलेको समयमा विद्यार्थीको चौतर्फी विकास हुने उल्लेख गर्नुभयो ।
ल्यावमा १५ वटा कम्प्यूटर सञ्चालनमा ल्पाईएको विद्यालयका आइ. सि.टि. संयोजक शेखर पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सेक्टर २ का संयोजक सीता पुन, उपसंयोजक कल्पना कुवँर, विद्यार्थीहरु समिक्षा काफ्ले, साक्षी गुप्ता लगायतले आफ्नो धारणा राख्नुभएको विद्यालयका सूचना तथा सञ्चार संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*