दर्शनहरुमा बौद्ध दर्शन उत्कृष्ट दर्शन : मन्त्री चौधरी

खबरपथ संवाददाता
२ भाद्र २०७९, बिहीबार ०८:४५

बुटवल । नेपाल सरकारका सहरी विकास मन्त्री मेटमणी चौधरीले बौद्ध दर्शन दर्शनहरुमा उत्कृष्ट दर्शन भएको बताउनु भएको छ ।

तहु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीद्धारा बुटवलको रामनगरमा निर्मित सभा मञ्चकोे उद्घाटन गर्दै मन्त्री चौधरीले बौद्ध दर्शन दर्शनहरुमा पनि उच्च स्तरको दर्शन भएको बताउनु भएको हो ।

विश्वमा अहिले पुजिवादी दर्शन र समाजवादी दर्शनको चर्चा हुने गरेको भन्दै भगवान गौतमबुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको दर्शनले सबै बर्ग र समुदायको मनोभावनालाई समेट्ने दाबी गर्नुभयो ।

नेपाल बहुजाती, बहु सास्कृतिक, बहु भेषभुषा भएको देश भएको भन्दै उनले गुरुङ समुदायको ईतिहास, परम्परा, चालचलन, रितिरिवाज झल्कीने गरी संग्राहलय निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण डिभिजन संघीय आयोजना ईकाई रपन्देहीको ३० लाख सहयोग र अन्य समुदायको ३० लाख रुपैयाँ लागतमा करिव ६० लाख बढिमा सभा स्थल निर्माण गरिएको हो ।

कार्यक्रममा तमु ह्यूल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देही जिल्ला अध्यक्ष विमला गुरुङ्गले सबैको साथ र सयोग भएमा संग्राहलयको काम समेत छिट्टै पुरा हुने बताउनुभयो ।

कार्यक्रममा तमु(खेमालिपी)का अभियान्ता बालानरसिंह गुरुङ्ग, तमु ह्यूल छों धी गुरुङ्ग राष्ट्रिय परिषद्का पुर्व केन्द्रीय संगठन सचिव राजु गुरुङ्ग लगायत, बरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ्ग,जिल्ला सचिव ओम प्रकाश गुरुङ्ग लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । सोही कार्यक्रममा देवदह नगरपालिकाका सहयोगमा प्रकाशन गरिएको तमु बर्णमाला समेत विमोचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*