बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्नेच्युडको भूकम्प
खबरपथ संवाददाता
४ भाद्र २०७९, शनिबार ०८:२५
काठमाण्डौं । बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति ४.८ म्याग्नेच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।





















