कांग्रेस नेता प्रदीप गिरिको निधन

खबरपथ संवाददाता
४ भाद्र २०७९, शनिबार २३:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।

उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*