गठबन्धनबाट एक पटक चुनाव लड्छुु  :  पूर्वप्रधानमन्त्री खनाल

खबरपथ संवाददाता
६ भाद्र २०७९, सोमबार ११:३९

बुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेद्वार हुने बताएका छन्। खनालले इलामको क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने बताए ।

आईतबार विहान भैरहवा स्थित गौतमबुुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुराकानी गर्दै खनालले गठबन्धनबाट आगामि मंसिरमा हुने चुनावमा एक पटक चुनाव लड्ने बताएका हुन । राष्ट्रपती हुने सहमतीमा चुनाव नलड्ने चर्चा छ नी रु भन्ने पत्रकारको जिज्ञासामा खनालले भने –‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एक पटक लडछुु ।’
उनले आफूूले इलाम निर्वाचन १ बाट जित्ने विश्वास समेत व्यक्त गरे । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’ उनले भने –‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ।’ उनले गठबन्धन चुनावसम्म हुुन्छ की पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए । तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए ।
उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्तकाल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।
नेता खनालले अहिले आफूूहरु नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए । ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ’ उनले भने ।
पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । ‘वामदेव जी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होईन’ उनले भने –‘हामीसँगै छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*