मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भिडियो मार्फत भ्रम सृजना गर्ने पास्टर पक्राउ

खबरपथ संवाददाता
६ भाद्र २०७९, सोमबार १६:२९

बुटवल । मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भिडियो मार्फत भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कंचनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीले बताए ।

भिडिओमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।

भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*