काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

खबरपथ संवाददाता
८ भाद्र २०७९, बुधबार १२:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डी आई जी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।

@अनलाईन खबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*