जनताको गुनासो सुन्न घर–घर जाँदै रुपन्देही कांग्रेस
भैरहवा । आगामी मसिंर ४ गते हुने सघीय र प्रदेश सभानिर्वाचनलाई मध्यनजर गर्दै नेपालीकांग्रेसले रुपन्देहीमा ‘जनताको साथमा कांग्रेस’ अभियनलाई बिषेस रुपमा सचांलन गर्ने भएको छ । अभियानको शनिवार पार्टी कार्यालयमा उद्घाटन गरी पहीलो चरण अन्तरगत कार्यक्रमको उद्घाट नेपालीकांग्रेसका केन्द्रीय सदस्य एव मगृहमन्त्रि बालकृष्ण खाणले गर्ने भएका छन् । अभियान अन्तरगत आगामी भदौ २४ गते सम्म सघींय र प्रदेश निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरीनेछ । भदौ २४ गते बिपी जयन्ती मनाउने र सोहीदिन कार्यक्रम पनि समापन गरीने छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्व एवं केन्द्रीय प्रतिनीधी नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख अतिथ्यतामा बिहीकार पार्टी कार्यालय भैरहवामा बसेको जिल्लाकार्य समीतीको बैठकले जनताले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने र भावना बुुझ्न क्षेत्रीय समीती र प्रदेश समीतीहरुलाई समेत गाउँगाउँमा प्रतिनीधी खटाउन निर्देसन गर्ने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथी एवम केन्द्रीय प्रतिनीधी चौधरीले निर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गर्ने, जनताका आवाज सुन्ने, कांग्रेस नेतृत्वमा बिगत र बर्तामानमा भएका राजनैतीक, आर्थीक तथा सामाजीक उपलब्धीहरु बारे जनतालाई बुुझाउने तथा गठबन्धन गरेर निर्वाचनमा जानुु परेको बिषयबारे पार्टीका कार्यकर्ता, शुुभेच्छुुक र आम नागरीकलाई बझाउनुु रहेको बताए । नागरीकता ऐन, एमसीसी र राष्ट्रियताका बारेका बिपक्षीले चलाईरहेको भ्रमचिर्नुु पनि अभियानको उदेश्य रहेको उनले बताए ।
बैठकद्धारा बिभीन्न निर्णय
बिहीबारको बैठकले स्थानीयतह निर्वाचनको सघांरमा पदबाट राजीनामा दिएका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरी लम्सालको राजीनामा स्किृत गर्दै अर्को ब्यबस्था नभए सम्मका लागी उपसभापति पर्शुराम ढकाललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । त्यस्तै भदौ १६ गते समाजबादी चिन्तक नेपालीकांग्रेसका नेता स्वर्गीय प्रदिप गरीको स्मृतीमा पार्टी कार्यालयमा सोक सभा गरीने निर्णय समेत भएको नेपालीकांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए ।





















