विद्यार्थी गुणीय चक्रको अभिमुखिकरण तालिम सम्पन्न

खबरपथ संवाददाता
११ भाद्र २०७९, शनिबार १८:५८

तिलोत्तमा । विद्यार्थी गुणीय चक्र अभिकर्ता पुनर्ताजगी तालिम आज रुपन्देहीको मणिग्राम सम्पन्न भएको छ । रुपन्देही हवको आयोजनामा संचालित तालिममा विद्यार्थी गुणीय चक्रका बिभिन्न समस्या पहिचान र समाधानका औजारहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।


मणिग्रामस्थित न्यू इन्भारन्मण्ट स्कुलमा सम्पन्न तालिममा यस क्षेत्रमा झण्डै २ दर्जन शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्वेष्ट नेपालका सल्लाहाकार तथा सिनियर माष्टर ट्रेनर दिपक गौतम, रुपन्देही हवका हव कोर्डिनेटर तथा माष्टर ट्रेनर ध्रुव खरेल साथै अन्य माष्टर ट्रेनरहरु प्रभात केसी र सुर्य पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
हव कोर्डिनेटर ध्रुव खरेलको अध्यक्षता, न्यु इन्भाइरन्मण्ट माबिका प्राचार्य तथा माष्टर ट्रेनर मधु प्रकास ज्ञवालीको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रमको सञ्चालन माष्टर ट्रेनर बाबुराम गैरेले गर्नुभएको थियो ।
रुपन्देही हवले आगामी भदौ २५ गते हव सम्मेलन सञ्चालन गर्ने हव कोर्डिनेटर खरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*