जिल्ला अदालत रुपन्देहीमा न्यायाधिसहरुलाई स्वागत

खबरपथ संवाददाता
११ भाद्र २०७९, शनिबार २०:२७

बुटवल । रुपन्देही जिल्ला अदालत बार एशोसिएसनले उच्च अदालत बुटवल र जिल्ला अदालत रुपन्देहीमा जिम्मेवारी समाल्न आएका न्यायधिसहरुलाई स्वागत गरेको छ । बारले शुक्रबार एक कार्यक्रमका बिच सम्मान र सर्वोच्च अदालतले प्रदान गरेको वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त व्यक्तिहरुलाई सम्मान गरेको हो । रुपन्देही जिल्ला बार एशोसिएसनमा आवद्ध अधिवक्ता शिव प्रसाद गौडेल, सुवास धिताल र राममणि भुर्तेललाई सम्मान गरेको हो ।

अधिवक्ता र न्यायधिसले जनतालाई न्याय दिनकै लागि काम गर्ने भएकोले कानूनी रुपमा जनताको पक्षमा नै वकालत हुने कार्यक्रमका प्रमुख अतिथी तथा उच्च अदालत बुटवलका मुख्य न्यायधिस राम प्रसाद ओलीले बताए । उनले पेशा सँगै साधना प्राप्ति हुने बताउँदै वरिष्ठ उपाधि प्राप्त अधिवक्ताले आफ्नो साख जोगाई राख्न आग्रह समेत गरे ।

न्यायको क्षेत्रमा कुनै पनि कसुर नहुने गरी आफ्नो कार्यकालमा न्यायकै पक्षमा रहेर काम गर्ने रुपन्देही जिल्ला अदालतका न्यायाधिस कृष्ण राम कोइरालाले बताए ।

न्याय प्रणालीलाई चुस्तदुरुस्त राख्न बारले कमी कमजोरी नराख्ने बताउँदै जनतालाई न्याय दिन कोशेढुङ्गा सावित हुने रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्थले बताए ।

अधिवक्ताहरु व्यवसाय सँगै समाज सेवाको भावनामा लाग्नु पर्ने वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले बताए ।

उच्च अदालत बुटवलका न्यायधिस, अधिवक्ता, जिल्ला अदालत रुपन्देहीका न्यायधिस तथा अधिवक्ताहरुको उपस्थिति रहेको कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका सचिव डण्डप्रसाद भट्टराईको सञ्चान रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*