काठमाडौं महानगरले खाद्य पदार्थको अनुगमन गर्न फुड इन्सपेक्टर राख्ने

खबरपथ संवाददाता
१२ भाद्र २०७९, आईतवार २०:०८

काठमाडौं । काठमाडौं महानगरले खाद्य पदार्थको अनुगमनका लागी फुड इन्सपेक्टर राख्ने निर्णय गरेको छ ।

महानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको हो । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव राख्नु भएको थियो जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ ।

त्यसैगरी बैठकले ५ जना कानुनी सल्लाहकार राख्ने निर्णय गरेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओम प्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गर्नु भएको थियो ।

महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिनुभयो । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*