सडक भासिएपछि बुटवल – पाल्पा सडक खण्ड अबरुद्ध

रातभर सवारी आवागमन बन्द हुने
खबरपथ संवाददाता
१६ भाद्र २०७९, बिहीबार २१:०३

पाल्पा । सडक भासिएपछि सिद्धार्थ राजमार्गको  बुटवल पाल्पा सडक खण्डमा सवारी आवागमन अबरुद्ध भएको छ ।

राजमार्गको  बुटवल पाल्पा सडक खण्डमा पर्ने हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो थप भासिएपछि सवारी आवागमन अबरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण ६० मिटर सडक भासिएको छ ।

पूर्ण रुपमा सडक भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।

रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास गरिने सूचना अधिकारी लम्सालले बताए ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*