जनजाति महासंघ रुपन्देही अध्यक्षमा चित्रलाल तुलाचन

खबरपथ संवाददाता
२५ भाद्र २०७९, शनिबार २१:२६

बुटवल । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीको ७ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चित्रलाल तुलाचन निर्विरोध निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा आशा तमु गुरुङ, सचिवमा प्रेम कनौजे मगर, कोषाध्यक्ष दीपक प्रसाद श्रेष्ठ र सहसचिव नेत्रलाल थारु निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक गीता सारुले जानकारी दिइन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा रामनन्द कुमाल, कृष्णकुमारी छन्त्याल, मनोज कुमार कुसबाडिया र इन्द्र राई निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई बधाई दिदैं लुम्विनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले आदिवासी समुदायका सवाल र अधिकारलाई सम्बोधन गर्न राज्यले चासो देखाउनु पर्ने बताईन् । संघीयताले सबै क्षेत्र र समुदायको प्रतिनिधित्व र सहभागितालाई सुनिस्चित गर्ने भएकाले यस व्यवस्थालाई थप व्यवस्थित रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताईन् । सो अवसरमा नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दल बहादुर वीरकट्टा मगर, महासंघका निवर्तमान अध्यक्ष शंकर गाहा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, समाजसेवी अजय कुवँर चौधरी, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङ, निर्वाचन समितिका सदस्य द्वय शिब प्रसाद शेरचन र अधिवक्ता मदन पुन लगायतले बोल्नु भएको थियो ।

निर्वाचित भएपश्चात महासंघका नवनिर्वाचित अध्यक्ष चित्रलाल तुलाचनको अध्यक्षतामा बसेको पहिलो बैठकले आसा गुरुङलाई महासंघको बरिष्ठ उपाध्यक्ष र इन्द्र राईलाई उपाध्यक्षमा मनोनयन समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*