चोलेन्द्रलाई ‘नजरबन्द’ गराएको भन्दै ओलीको विरोध : सेना पुलिस छ भन्दैमा घर घेर्न पाइन्छ?

खबरपथ संवाददाता
२ आश्विन २०७९, आईतवार १९:२१

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

आइतबार बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले सरकारी रवैयाको विरोध जनाउनुभएको हो ।

‘सेना पुलिस छ भन्दैमा कसैलाई ‘नजरबन्द’ गर्न पाइन्छ । लोकतन्त्रमा कसैलाई पनि ‘नजरबन्द’ गर्न पाइँदैन सेना पुलिस छ भनेर जे पनि गर्ने, घर घर्ने रु’ ओलीले आक्रोश पोख्नुभयो।

संसदबाट महाअभियोग प्रमाणित नभएपछि राणा सर्वोच्चमा जाने प्रयास गर्नुभएको थियो। त्यस प्रयासलाई ओलीले जायज भन्नुभएको छ ।

‘अभियोग पुष्टि भएन भने उहाँले के गर्ने त,’ ओलीले भन्नुभयो।

प्रतिनिधिसभा निष्क्रिय भएसँगै आफूविरूद्धको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दै राणाले सर्वोच्च जाने प्रयास गर्नुभएको हो ।

राणाको प्रयासपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

सरकारले षडयन्त्रपूर्वक राणाविरूद्धको महाअभियोगलाई ६ महिनासम्म झुलाएको उहाँले बताउनुभयो।

‘प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि किनारा लाग्नुपर्छ भनेर हामीले माग राख्यौँ। सत्तापक्षले गणितीय खेल खेल्यो ऊ यो गलत भयो। सत्तापक्षले विलम्ब गरेर सफाइ दियो। आफैँले खनेको खाल्डोमा सरकार आफैँ पर्‍यो,’ उहाँले भन्नुभयो।

सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको ओलीको आरोप छ। @सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*