शंकरनगर खानेपानीद्धारा सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
३ आश्विन २०७९, सोमबार १९:४५

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धी प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । सोमबार होटल रेडिसनमा आयोजित प्रशिक्षण कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उद्धघाटन गर्दे मानिसको स्वास्थ्य सबै भन्दा ठूलो कुरा भएकालेै स्वस्थ्य रहनका लागी सुरक्षित खानेपानी तथा सरसफाईको ठूलो महत्व रहेको बताउनुभयो ।


प्रमुख खाँडले स्वास्थ्य र सरसफाई तथा सुरक्षित खानेपानी एकै सिक्काको दुई पाटो भएकाले सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धी शिक्षा स्कुलस्तरबाट नै बालबालिकालाई  दिनुपर्ने बताउनुभयो ।
उहाँले संविधान दिवशका अवसरमा नगरबासिमा शुभकामना ब्यक्त गर्दे सुरक्षित खानेपानी जनताको मौलिक अधिकार भएकाले तिलोत्तमा नगरपालिकाले सबैलाई सुरक्षित खानेपानीको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।


त्यसैगरी विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवी चौधरीले सुरक्षित खानेपानी र सरसफाई मानिसको स्वास्थ संग जोडिएकाले यस सम्बन्धि जनचेतना जगाउनु ठूलो कुरा रहेको बताउनुभयो । उहाँले खानेपानी संस्थाहरुले आयोजना गरेको यस किसिमका प्रशिक्षणले थप जनचेतनाको विकाश हुने र यस्ता किसिमका प्रशिक्षण कार्यक्रमको आयोजना गरिनुपर्ने बताउनु भयो ।
उहाँले प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नु जरुरी हुने समेत बताउनुभयो ।
त्यसैगरी खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव कुमार धितालले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था नेपालकै नमूना र उत्कृष्ट रहेकाले यसको प्रतिष्ठा कायम राख्न जरुरी रहेको बताउनुभयो । उहाँले ग्रिन तिलोत्तमा र क्लिन तिलोत्तमाको नारालाई साकार पार्नुपर्ने बताउनुभयो ।


प्रशिक्षण कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्दे सुरक्षित खानेपानी तथा सरसफाईको थप ब्यवस्थापन गर्न प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो । अध्यक्ष भण्डारीले नगरको पहिचान स्वरुप शंकरनगर उपभोक्ता तथा सरसफाई संस्था नेपाल कै उत्कष्ट घोषित भएको बताउँदै उहाँले संस्थाले विभिन्न किसिमका कार्यक्रमको आयोजना गर्दे आएको बताउनुभयो । उहाँले सस्थाले नगरभित्र थप टेवा पु¥याउन यस किसिमको कार्यक्रमको आयोजना गरिएको समेत बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रमले जनसमुदायमा सुरक्षित खानेपानी तथा सरसफाई सम्बन्धि थप जानकारी र उर्जा प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।


कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक अभियान्ता केपी खनालले किताबको ज्ञानले भन्दा पनि ब्यवहारीक ज्ञान आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रत्येक ब्यक्तिले ब्यवहारीक रुपमा आफुले प्रयोग गरेका बस्तुबाट निस्कने फोहोरलाई सही तवरले ब्यवस्थापन गर्न सके ब्यवहारीक रुपमा नै सरसफाई गर्न सकिने बताउनुभयो ।

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष केशब प्रसाद शर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको सहजिकरण सस्थाकी सचिव कमला ज्ञवालीले गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पार्षदहरु ,वडाअध्यक्षहरु , वडा सदस्यहरु तथा विभिन्न टोलविकास संस्थाका पदाधिकारीहरु, आनन्दवन शंकरनगर खानेपानी संस्थाका कार्यसमितीका सदस्यहरु तथा संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामाजिक अभियन्ता केपी खनालले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा तिलोत्तमाका २०० भन्दा बढीको सहभागीता रहेको थियो ।

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लगभग साढे सात हजार घरधारा जडान गरी सुरक्षित खानेपानी प्रदान गरिरहेकोे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*