पर्यटन दिवसमा लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वागत

खबरपथ संवाददाता
११ आश्विन २०७९, मंगलवार २०:५६

लुम्बिनी । गौतमबुुद्धको जन्मभूूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाईएको छ । लुम्बिनी विकास कोष सहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाईएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुुलपती ह«दयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरका हुन । शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय साँस्कृतिक झाकी सहित भ्रमणका लागि लगिएको थियो ।

पर्यटक स्वागत कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुुलपती बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए। उनले विदेशी पाहुुनालाई स्वागत सत्कार गरेर पर्यटन दिवस मनाउन पाएकोमा खुशि व्यक्त गरे । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताए ।

उनले विश्व पर्यटन दिवसमा विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘विगतमा कोभिड महामारीका कारण पर्यटकहरुको कमी थियो, अब पर्यटकहरु आउनेक्रम बढेको छ’ उनले भने । उनले लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि टुरगाईडको व्यवस्था समेत गरिएको बताए  ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै अब विस्तारै त्यो माहोल बढ्दै गएको बताए । उनले लुम्बिनीमा पर्यटकहरुलाई लक्षित गरि बिशेष प्याकेजका कार्यक्रमहरु समेत सञ्चालन गरिएको बताए ।

लुम्बिनी भ्रमणमा पुुगेका अन्य पर्यटकहरुलाई सदस्य सचिव शाक्य सहित योजना प्रमुख सरोज भट्टराई,बरिष्ठ प्रशासक ज्ञानीन राई,  सूूचना अधिकारी राजन बस्नेतले स्वागत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी होटल संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुुरुषोत्तम अर्याल लगायतले बोल्दै पर्यटन दिवसको शूूभकामना दिएका थिए । कार्यक्रममा लुम्बिनीको स्थानीय साँस्कृतिक समूूह, महिला समूूह, सैनामैनाको नेवा समूूहले साँस्कृतिक झाकीहरु प्रदर्शन गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*