नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा कार्तिक ६ गते

खबरपथ संवाददाता
१४ आश्विन २०७९, शुक्रबार २१:३८

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा आगामि कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको कार्यसमितिको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पत्रकारहरुलाई पेशागत मर्यादा कायम गर्न तथा पत्रकार आचारसहिंताको पालना गर्न अपिल गरेको छ । निर्वाचनमा पत्रकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउँदै पेशागत मर्यादा र गरिमा उचो बनाउने गरि काम गर्न बैठकले अपिल गरेको सचिव विनोद परियारले बताए ।

बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, शेर बहादुर केसी, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई र इन्दिरा अर्यालको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*