बुटवलका नगरप्रमुखद्धारा आलमदेवी शक्तिपीठको दर्शन

खबरपथ संवाददाता
१७ आश्विन २०७९, सोमबार २२:०६

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुखु खेलराज पाण्डेय स्याङ्गजाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गर्नु भएको छ ।
प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नं. २ कोटाकोट पुग्नु भएका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शनको लागि पुग्नु भएको हो ।
शक्तिपीठमा पुगेर उहाँले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्र रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आलमदेवी शक्ति पिठको दर्शनका क्रममा पनि आफुले त्यही कामना गरेको उहाँले बताउँदै सबैको सद्भाव, सहकार्य र बुटवलबासीको प्रेरणाबाट बुटवल देशकै सवल आर्थिक केन्द्र बन्ने बताउनु भयो ।
यस्तै प्रमुख पाण्डेयले आलमदेवी क्षेत्रको विकासमा चासो ब्यक्त गर्नु भएको छ । आलमदेवी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उहाँले बताउनु भयो । आलमदेवी मन्दिर विकास समितिका पदाधिकारीहरुसँग कुराकानी गदैै उहाँले रानीमहल, आलमदेवी, बडहरकुन शिला, सेतिवेणी शिलालाई जोडर धार्मिक पर्यटकीय पथ मार्ग निमाण गर्न सके यस क्षेत्रको विकास हुने बताउनु भयो ।
आलमदेवी मन्दिरमा बडादशैको महाअष्टमी र चैतेदशैका दिन विशेष पुजाअर्चना हुँदै आएको छ ।
शाहबंश राजाहरुको कुल मन्दिर रहेको आलमदेवी शक्ति पिठको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*