घनश्याम भुसालले दिए रुपन्देही – १ मा स्वतन्त्र उम्मेदवारी
बुटवल । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरी उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रूपमा उम्मेदवार बन्न लागेको जानकारी दिएका थिए ।
नेता भूसाललाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ ।
भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हुनेछ ।
प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।





















