रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर –२ बाट मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी प्रदेशसभाका लागि रुपन्देही क्षेत्र नं २ क मा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री लिला गिरी र क्षेत्र नं २ ख मा एमाले लुम्विनी प्रदेश कमिटी उपाध्यक्ष एवं पुर्वमन्त्री भोज प्रसाद श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गराउन पौडेल दलबल सहित बुटवल उपमहानगरपालिकामा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमाले उपाध्यक्ष पौडेल यो क्षेत्रबाट ३ पटक चुनाव जितेका छ्न् ।
रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदान स्थल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् ।





















