रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका गुरुङको उम्मेद्वारी दर्ता
बुटवल । रुपन्देही क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा एकिकृत समाजवादीका राजु गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेशसभा क मा दीर्घबहादुर केसी कुमार (कांग्रेस) र ख मा बामदेव क्षेत्री (नेकपा माओबादी केन्द्र) ले मनोनयन गराएका छन् ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि आज मनोनयन दर्ता भएको हो । रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदान स्थल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् ।





















