रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री खाँणको मनोनयन दर्ता
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराएका हुन् ।
पाँचदलीय गठनबन्धनबाट प्रदेश सभा ३ क मा लोसपाबाट सन्तोष पाण्डे र ३ ख मा नेपाली कांग्रेसबाट रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
गृहमन्त्री खाँण उम्मेदवारी दर्ता गराउन दलवल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
सो क्षेत्रमा नेकपा एमालेको समर्थनमा राप्रपा नेता दीपक बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।





















