आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

खबरपथ संवाददाता
२६ आश्विन २०७९, बुधबार ०७:४०

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविक कै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ ।

निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस अघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

अन्तिम नामावली प्रकाशित हुनु अघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*