रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज
काठमाडौं । रुपन्देही–२ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै गुरुङको उम्मेदवारी खारेज भएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए ।
सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।
यसअघि रुपन्देही-२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो ।





















